१८ असार २०८३, बिहीबार

डा. दिलजन मन्सुरको उपचार पद्धति वैज्ञानिक नरहेको मेडिकल काउन्सिलको ठहर

भदौ १, २०८०
काठमाडौं
डा. दिलजन मन्सुरको उपचार पद्धति वैज्ञानिक नरहेको मेडिकल काउन्सिलको ठहर
फाइल फोटो

नेपाल मेडिकल काउन्सिलले डा. दिलजन मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ । साथै काउन्सिलले वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ।

डा. मन्सुरले काठमाडौंको मैतिदेवीमा सञ्चालन गर्दै आएको एफडीएच क्लिनिकमा गैर व्यावसायिक ढङ्गले उपचार गर्ने गरिएको भन्दै काउन्सिलमा उजुरी परेको थियो।

उजुरीमाथिको छानबिनपछि साउन २६ गते बसेको काउन्सिलको पूर्ण बैठकले उपचार गर्न आएका बिरामीका लागि अपनाइएको पद्धति अवैज्ञानिक ठहर गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले सम्बन्धित विषयका विज्ञ चिकित्सकलाई राखेर डा. मन्सुरको उपचार पद्धतिमाथि समीक्षा गरेको थियो। विज्ञ चिकित्सकले डा. मन्सुरको उपचार पद्धतिले सबै बिरामीलाई शारीरिक तौल घटाउन स्थापित विधि किटो डाइट सिफारिस गरेको र दीर्घ रोगीको नियमित औषधि रोकिनाले बिरामीको स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना रहेको निष्कर्ष निकालेको हो।

यसअघि अवैधानिक रुपमा सञ्चालनमा रहेको भन्दै डा. मन्सुरको क्लिनिक काठमाडौं महानगरपालिकाले क्लिनिक बन्द गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्