
भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा दुई उम्मेदवारले चुनाव जित्न गर्ने राजनीतिक दाउपेचको कथा पेस गरिएको छ ।
दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ लगायतको अभिनय छ ।
जय श्रेष्ठ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् ।