२९ असार २०८३, सोमबार

दीपाश्रीको जन्मदिनमा दीपकले भने, ‘मलाई चोट लाग्दा तिमीले ऐया भनेको सुनेको छु’

भदौ ७, २०८०
काठमाडौं
दीपाश्रीको जन्मदिनमा दीपकले भने, ‘मलाई चोट लाग्दा तिमीले ऐया भनेको सुनेको छु’

नेपाली फिल्मकी सफल निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाले बिहीवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । बिहानैदेखि उनलाई सेलिब्रेटी एवं शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् । 

३ दशकदेखि सहकार्य गर्दै आएका अभिनेता एवं निर्माता दीपकराज गिरीले दीपाश्रीलाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी भएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा कविता पोस्ट गर्दै दीपकले दीपाश्रीको प्रशंसा गरेका छन् । 

दीपकले तीन दशकअघि दीपाश्रीलाई पहिलो पटक भेट्दाको अनुभव पनि सेयर गरेका छन् । 

दीपकले लेखेका छन् :– 
यो केटी त कस्ती घमण्डी ! मै हूँ भन्छे !
बोल्ने त परै जाओस् हेर्दा पनि हेर्दिन !
आज भन्दा करिब ३ दशकअघि तिमीसंगको पहिलो भेट, मलाइ आज पनि याद छ ।
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै विषय अनुमान गर्छौ ठीक त्यस्तै
तिमी प्रतिको धारणा पनि तुरुन्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यही केटी हो
जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउँछे ! 
जिन्दगीको खेलमा आफू हार्छे
तर अरूलाई जिताउँछे !
म प्रतिको तिम्रो योगदानलाई त
सिर्फ एक शब्दमा बुनेको छु ।
चोट मलाई लाग्दा, तिमीले ऐआ भनेको सुनेको छु !
कमजोरी पनि भनिदिन्छु,
यहाँ हरेकको हातमा क्यालकुलेटर छ
कहाँ फाइदा, कहाँ बेफाइदा
कहाँ जोर छ, कहाँ बिजोर छ
दिमागै दिमागको शहरमा तिमी, मनको कुरा गर्छौ
त्यसैले तिम्रो हिसाब कमजोर छ ।
मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौं करोडौं र अरबौ शुभकामना ।

salt training

कमेन्ट गर्नुहोस्