०८ साउन २०८३, शुक्रबार

झरना थापाको फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक

भदौ ७, २०८०
काठमाडौं
झरना थापाको फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक

झरना थापाको निर्देशनमा बनेको फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मायालाई चिनो’ बोलको गीतमा फिल्मका मुख्य २ पात्र अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ । 

शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ । गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई गीतको भिडियोमा बुनिएको छ । 

कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाको रमणीय स्थानमा खिचिएको हो ।

भदौ २९ गतेबाट प्रदर्शनमा आउने ‘एक भगवत् गीता’मा धीरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रेअर राई लगायतको पनि अभिनय छ । 

सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्