३० असार २०८३, मंगलबार

उदयको फिल्म ‘दुई कदम’ मंसिरमा आउने

भदौ ११, २०८०
काठमाडौं
उदयको फिल्म ‘दुई कदम’ मंसिरमा आउने

उदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्म मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । 

फिल्मको सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बु र डेब्यु अभिनेत्री सिमोन गिरी रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी हातमा बन्दुक लिएर पड्काउँदै गरेको देखिएका छन्, जसमा डेब्यु अभिनेत्री गिरी डराएको हाउभाउमा छिन् । 

अजम्बरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा गौरव, इओन र सिमोनका अलवा सुनील थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्मा लगायतको पनि अभिनय छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् । यो फिल्ममा तारा देवी लिम्बुको लगानी छ । 

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्मलाई विक्रम डिसीले छायांकन, प्रविन ढकालले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्