०५ साउन २०८३, मंगलबार

क्रिकेट टिमलाई बधाई दिँदै बालेनले भने – नेपालीको सपना पूरा हुँदैछ

भदौ १३, २०८०
काठमाडौं
क्रिकेट टिमलाई बधाई दिँदै बालेनले भने – नेपालीको सपना पूरा हुँदैछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै सपना पूरा हुन लागेको बताएका छन् ।

आजबाट शुरू हुन लागेको एसिया कपको तस्वीर शेयर गर्दै उनले सामाजिक सञ्जालमा नेपाली सबैलाई गर्व गर्ने ठाउँमा पुर्‍याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि शुभकामना व्यक्त गरेका छन् ।

‘टीभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरूको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरूको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैं रोमाञ्चकता दिन्थ्यो ।’ उनले लेखेका छतन्, ‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरू खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिलाजस्ता लाग्ने कौतूहलता सधैं मनमा रहन्थ्यो ।’

‘यो सपना आज केही समयमा पूरा हुँदै छ ।’ उनले थप लेखेका छन्, ‘नेपाली सबैलाई गर्व गर्ने ठाउँमा पुर्‍याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना ।’

salt training

कमेन्ट गर्नुहोस्