३० जेठ २०८३, शनिबार
६० किलो सुन प्रकरण

सीआईबीको निष्कर्ष– यही समूहले थप ३०२ किलो सुन ल्याएको पाइयो, साढे ३ अर्ब बिगो

भदौ २७, २०८०
काठमाडौं
सीआईबीको निष्कर्ष– यही समूहले थप ३०२ किलो सुन ल्याएको पाइयो, साढे ३ अर्ब बिगो
पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य । तस्वीर : विश्वास खनाल/लोकान्तर

६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ अर्ब ५० करोड २ लाख बिगो कायम गरेर मुद्दा दायर गर्न सिफारिश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतवार बुझाउने तयारी गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले उक्त रकम बराबर बिगो कायम गर्नुपर्ने राय पेश गरेको हो ।

यही समूहले ३०२.६२ किलो थप सुन भित्र्याएको पाइएको भन्दै सीआईबीले त्यस आधारमा बिगो कायम गर्नुपर्ने निष्कर्ष पेश गरेको हो ।

पक्राउ परेका ३२ र फरार १८ गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष छ ।

पक्राउ परेकामध्ये २३ नेपाली र ९ जना विदेशी नागरिक रहेको सीआईबीले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

फरार १८ मध्ये १४ जना विदेशी र ४ नेपाली रहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

विमानस्थल भन्सार पास भइसकेको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो ।

शुरूआति १८ दिन विभागले अनुसन्धान गरेर त्यसपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो ।

अनुसन्धानका क्रममा यही समूहले थप सुन पनि भित्र्याएको पाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्