१७ असार २०८३, बुधबार

स्थानीय तहले अन्तरपालिका शिक्षकको सरुवा गर्न सक्ने

भदौ २७, २०८०
काठमाडौं
स्थानीय तहले अन्तरपालिका शिक्षकको सरुवा गर्न सक्ने
फाइल फोटो

स्थानीय तहले सार्वजनिक विद्यालयबाट अर्को विद्यालयमा शिक्षकको सरुवा गर्न सक्ने प्रावधानसहित विधेयक संसदमा दर्ता भएको छ। 

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ। साथै एक स्थानीय तहले अर्को स्थानीय तहमा पनि शिक्षकको सरुवा गर्न सक्ने छन् ।

‘त्यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ,’ प्रस्तावमा उल्लेख छ ।

एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सहमतिको आधारमा सरुवा गर्नुपर्ने, पदपूर्तिको लागि विज्ञापन भएको वा पदपूर्तिका लागि माग गरी पठाएको भएमा पदमा सरुवा गर्न नसकिने उल्लेख छ ।

त्यसै गरी नियुक्ति भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएसम्म सरुवा गर्न नपाइने र रमाना दिँदा किताबखानामा रेकर्ड अद्यावधिक गरी सकेपछि मात्र रमाना दिनुपर्ने व्यवस्था गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्