२८ असार २०८३, आइतबार

‘नाङ्गो गाउँ’ हेरेपछि राजेश पायलले भने, – दयाहाङको भूमिकाले बालेन र हर्कको झल्को दिन्छ

भदौ २८, २०८०
काठमाडौं
‘नाङ्गो गाउँ’ हेरेपछि राजेश पायलले भने, – दयाहाङको भूमिकाले बालेन र हर्कको झल्को दिन्छ

गायक राजेशपायल राईले दयाहाङ राई स्टारर फिल्म ‘नाङ्गो गाउँ’को खुलेर प्रशंसा गरेका छन् । बुधवार राजधानीमा गरिएको प्रिमियरमा पुगेका उनले फिल्म हेरेपछि निर्देशक दीपेन्द्र लामाको खुलेर प्रशंसा गरे । २ घण्टा २८ मिनेट लामो फिल्म हेरेर फर्किएपछि राजेश पायलले फेसबुकमा लेखेका छन् ‘...निर्देशक दीपेन्द्र लामाले हाम्रो समाजमा घटिरहेको घटनालाई चुस्त दुरुस्त पर्दामा उतारेका छन् ।’

उनले अभिनेता दयाहाङ राईले निर्वाह गरेको भूमिकाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको झल्को आएका समेत बताएका छन् ।

‘सुपरस्टार दयालाई कता कता बालेन, हर्क र गोपी दाइको झल्को दिन्छ । चलचित्रमा पुरै हाम्रो नाङ्गो समाज उतारिएको छ । सम्पूर्ण  टिमलाई एकमुस्ट बधाई’ राजेश पायलले लेखेका छन् । 

प्रिमियरमा यो फिल्मलाई अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् । 

शुक्रवारबाट प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको अभिनय छ ।

सामाजिक–राजनीतिक कथामा फिल्म निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्