३२ असार २०८३, बिहीबार

१० करोडमा बन्यो दीपक–दीपाको फिल्म हल, शुक्रवार दिउँसोबाट नियमित शो सञ्चालन हुने [तस्वीरहरू]

भदौ २८, २०८०
काठमाडौं
१० करोडमा बन्यो दीपक–दीपाको फिल्म हल, शुक्रवार दिउँसोबाट नियमित शो सञ्चालन हुने [तस्वीरहरू]

निर्माता एवं अभिनेता दीपकराज गिरी, निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला र निर्माता एवं अभिनेता निर्मल शर्मालगायतले काठमाडौंको नयाँ वानेश्वरमा मल्टिप्लेक्स फिल्म हल निर्माण गरेका छन् । 

नयाँ बानेश्वर चोकस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरको पाचौं र छैटौँ तलामा रहेको ‘आईएनआई सिनेमाज’ हलको शुक्रवार उद्घाटन हुँदैछ । बिहान उद्घाटन कार्यक्रम भएपश्चात दिउँसोबाट दर्शकका लागि नियमित शो सञ्चालन सुरु हुने दीपकले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार हल निर्माणमा १० करोड हाराहारी लगानी भएको छ । 

निर्देशक दीपाश्रीले फिल्म हल आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउँदै दर्शकहरुको मायाले नै यहाँसम्मको यात्रा गर्न सफल भएको बताइन् । ​

दुई वटा अडिटोरीयम रहेको हलमा कुल ३८७ सिट क्षमता छ । लगानीकर्ता समेत रहेको आईएनआईले हलको सबै व्यवस्थापन हेर्नेछ । आईएनआई सिनेमाको फ्रेन्चाइज अन्तर्गत हल निर्माण भएको हो । 

आईएनआईका संस्थापक गृहेन्द्र मुननकर्मीका अनुसार हलमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । हल उद्‍घाटनको क्रममा दीपक–दीपाकै पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ को स्क्रिनिङ हुनेछ । 

त्यसपछि नियमित शो अन्तर्गत ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शन हुनेछन् । साथै, हिन्दी फिल्म ‘जवान’ र ‘नन् २’को पनि प्रदर्शन गरिनेछ । ‘छक्का पञ्जा’ टिमबाट दीपक, दीपा र निर्मलको लगानी रहेको हलमा आईएनआईसँगै अरूले पनि सहकार्य गरेका छन् । ​

तस्वीरहरू : लोकान्तर डटकम

salt training

कमेन्ट गर्नुहोस्