३२ असार २०८३, बिहीबार

औषधिको गुणस्तरमा सम्झौता गर्नुहुदैन : स्वास्थ्यमन्त्री

भदौ २९, २०८०
काठमाडौं
औषधिको गुणस्तरमा सम्झौता गर्नुहुदैन : स्वास्थ्यमन्त्री

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिएका छन् । औषधि व्यवस्था  विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकाले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताए । 

“स्वास्थ्य उपचार औषधिको गुणस्तरमाभर पर्छ । विभागले गुणस्तर कामय राख्न परीक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनुपर्छ,” उनले भने । औषधि एकदमै संवेदनशील विषय भएको भन्दै मन्त्री बस्नेतले यसमा सानो गल्तीले पनि व्यक्तिको ज्यान जोखिममापर्नेतर्फ सतर्क रहन सबैलाई अनुरोध गरे ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले थोरै दरबन्दीमा पनि बढी से बढी काम गर्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै विभागको संरचना सात वटै प्रदेशमा लैजान अब ढिलाइ गर्न नहुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्