असोज ९, २०८०
इन्द्रजात्राको अवसरमा असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्वका कारण विभिन्न ठाउँम...
काठमाडाैं | असोज १, २०८०
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
तीजमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।
तस्वीर: ऋषि खतिवडा/लोकान्तर
इन्द्रजात्राको अवसरमा असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्वका कारण विभिन्न ठाउँम...
नेपाली कांग्रेसले आगामी महासमिति बैठकका लागि चारवटा समिति गठन गरेको छ । अगामी मंसिरमा हुने बैठकका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूलआयोजक समितिसहितका अन्य विभिन्न समिति गठनको निर्णय गर...
दाङको तुलसीपुरबाट छुटेको बस रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर २ ओइलाङमा सोमवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका ...
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । हाल गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्...
पद खुस्किएको १८ दिन बितिसक्दा पनि कोशी प्रदेशकी निवर्तमान स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारी निवास (क्वाटर) नछाडेको पाइएको छ । गत भदौ २१ गते सर्वाेच्च अदालतको आदेशपछि मुख्यमन्त्री उद्धव थापा पद मुक्त भएका थिए ।...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरूले छोरीज्वाइँदेखि सम्धीसम्धिनीसम्मलाई पदाधिकारी बनाएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्दिरा झाला...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...