×

स्वयंसेवक परिचालनमा नियमन गरेपछि कस्तो रह्यो आजको पशुपति दर्शन ?

काठमाडाैं | असोज १, २०८०

पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तीज) पर्व व्यवस्थित भएको छ । 

Laxmi Bank

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा सयौँको सङ्ख्यामा ज्याकेट एवं परिचय पत्र बोकेका स्वयंसेवकले नै दर्शनार्थीलाई मन्दिर प्रवेशमा असहज वातावरण बनाएको सूचना पाएपछि कोषले यो वर्ष व्यवस्थित गरेको हो । 


Advertisment

विगत वर्षमा स्वयंसेवकले नै लाम बाहिरका मानिसलाई अनियमित रुपमा लामको बीचबाट प्रवेश गराएको सूचना पाएपछि उनलाई बाहिर निकालिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । विगत वर्षमा पशुपतिनाथ मन्दिरको मूल मन्दिर परिसर बाहिर विभिन्न सङ्घ संस्थाको ज्याकेट र परिचय पत्र लगाएर स्वयंसेवा गर्नेकै भीड लाग्थ्यो ।


Advertisment

कोषले स्वयंसेवक परिचालनका लागि ज्याकेटको व्यवस्था नगरेपछि पश्चिम ढोकाअघि व्रतालु महिला, सञ्चारमाध्यमका प्रतिनिधि एवं फोटो पत्रकार सीमित सङ्ख्यामा नेपाल स्काउटका स्वयंसेवक खटिएको देखिन्थ्यो ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायतमा मात्र सीमित सङ्ख्यामा स्वयंसेवकको पास दिइएको थियो । साउनको सोमबार, तीज, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नयाँ वर्षको दिन वैशाख १ गतेलगायत पर्वमा पशुपति क्षेत्रमा खटिने भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने गरिएको थियो । 

पशुपति क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गत कोषले यसवर्ष स्वयंसेवक परिचालनमा नियमन गरेकैले दिउँसोसम्म यस क्षेत्रको सिनामङ्गल–चावहिल क्षेत्रको चक्रपथमा सहज रुपमा सवारी चलेको बताए ।

पशुपति क्षेत्रभित्र पनि तीज पर्व व्यवस्थित देखिएको उनको अनुभव छ । पशुपति क्षेत्रमा स्वयंसेवकलाई अनावश्यक रुपमा नखटाउन स्थानीय सरकारका तर्फबाट वडा कार्यालयले पनि अनुरोध गरेको वडाअध्यक्ष सङ्गतले सुनाए । 

असोज १ गते आज विश्वकर्मा पूजा परेकाले हिजो अस्तिका तुलनामा कम सवारी सडकमा गुडेको देखिन्छ । यसका कारण पनि केही मात्रामा भक्तजन घटेको हो कि भन्ने अनुमान रहेको उनले बताए ।

जुत्ता चप्पल कक्षमा पर्याप्तमात्रामा झोला

गत वर्षहरूमा लाम बस्नुअघि भक्तजनले जुत्ता राख्नकै लागि झोला खोज्न नै समस्या हुन्थ्यो । तर यसवर्ष भने चार वटै लामबाट पुगिने जुत्ता चप्पल कक्ष नजिक झोलाको थुप्रो राखिएकाले भक्तजनलाई सहज भएको भक्तपुरको कटुञ्जेबाट आउनुभएकी दर्शनार्थी अस्मिता ढुङ्गेलले बताए ।

तिजका अवसरमा चारैवटा सुरक्षा निकायले समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । आज पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।

कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गरेका छन् । यो पहिलो लाम हो । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राखिएको छ । 

 दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका छन् । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राखिएको छ ।  

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भागमा राखिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।  

दर्शनार्थीको मोबाइल कोषको नियन्त्रणमा

पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्वीर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । तस्वीर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन । तस्वीर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ । तस्वीर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनस्र्थापित गर्न सकिने भएकाले तस्बिर र भिडियो खिच्ने भक्तजनको मोबाइल फिर्ता नगर्ने गरी कोषले नियम बनाएको हो । पशुपतिनाथको मूल मन्दिर परिसरको तस्बिर र भिडियो सनातनकालदेखि नै खिच्न नपाउने नियम छ । 

हालै सामाजिक सञ्जालमा पशुपतिनाथ मूल मन्दिरको भिडियो र तस्बिर भाइरल गराइएकाले कोष यो वर्षको तिजमा कडा रुपमा प्रस्तुत भएको हो । यसलाई आगामी पर्व एवं दैनिक दर्शनार्थीका लागि लागू गरिने भएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको हो । 

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यसरी कडा नियम बनाएर सशक्त रुपमा कार्यान्वयन गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरिसकेको छ । 

पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेका छन् । यसमा कोषलाई चार वटै सुरक्षा निकायले पनि साथ दिएको छ ।  

 तीन बजेसम्म दुई लाख दर्शनार्थी पुगे मूल मन्दिरमा

आज दिउँसो तीन बजेसम्म तीन लाख दर्शनाथी मूल मन्दिर प्रवेश गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति क्षेत्र प्रवेश गरी गजुरको दर्शन गर्ने भक्तजनको सङ्ख्या भने पाँच लाख नाघेको कोषले जनाएको छ । 

पशुपति क्षेत्र गई मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न नसकिने भएमा गजुरको दर्शन गरेर पनि फर्कन सकिने शास्त्री नियम रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । तीन बजेपछि पशुपति क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ । कोषले आज बेलुकी सात बजेसम्म मूल मन्दिरभित्र महिला व्रतालुलाई मात्र दर्शनका लागि प्रवेश गर्न दिने नियम बनाएको छ ।

नित्य दर्शन गर्न आउने पुरुष दर्शनार्थीलाई भने कोषले बिहान छ बजेअघि नै दर्शन गराएको थियो । आज बेलुकी लाममा आउनेजति सबैलाई दर्शन गर्न दिने कोषले जनाएको छ । महिलालाई भने सुरक्षाका कारण राति नौ बजेपछि मन्दिर क्षेत्रमा नआउन कोषले अनुरोध गरेको छ ।

दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा

तीजका अवसरमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक लोभ देखिएको छ । सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आएकी दर्शनार्थी रश्मी बस्नेतले बताए । 

दर्शनार्थी महिलाहरू नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ । साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ । त्सैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरेपनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ । निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन् ।

पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन् । यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन् । –रासस–
 

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x