असोज ७, २०८०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दश दशमलव ३५ अङ्कमा पुगेको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर...
मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र शेयर ब्रोकर कम्पनीहरू बीच त्रिपक्षीय व्यावसायिक सम्झौता भएको छ । शेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौता अनुसारका सुविधाहरू ‘मुक्तिनाथ शेयरधनी बचत खाता’ खोलेका ग्राहकहरूले पाउनेछन् ।
उक्त सम्झौता बमोजिम बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरूले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र तोकिएका शेयर ब्रोकर कम्पनीहरू)ले दिने विभिन्न सेवा सुविधाहरू लिन सक्नेछन् ।
नयाँ व्यवस्थाअनुसार ‘मुक्तिनाथ शेयरधनी बचत खाता’ न्यूनतम् मौज्दात रु.१००/– मा खोल्न सकिनेछ ।
यसका साथै निःशुल्क कनेक्ट आईपीएस रजिष्टे«शन, निःशुल्क मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो शेयर रजिष्ट्रेसन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधासमेत लिन सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आबद्ध भएका छन् ।
आगामी दिनमा अन्य सेवाहरू थप गर्दै लैजाने योजनामा रहेको पनि बैंकले जानकारी दिएको छ ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकले भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट डेबिट कार्डमार्फत निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिटेन्स जम्मा गर्न सकिने तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दश दशमलव ३५ अङ्कमा पुगेको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर...
नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...
चालु आर्थिक वर्ष २०८०/८१ को शुरूवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ...
नेपाल उद्योग परिसङ्घ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच सम्झौता भएको छ । दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (न...
बेइजिङ– ‘नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त ल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...