×

NMB BANK
NIC ASIA

विदेशी कम्पनी पोस्न सरकारबाटै निर्णय

सफ्टवेयर जडानमा अर्बौंको ठेक्का पाएको फ्रान्सेली कम्पनीलाई मर्मतमा ३० करोड, मन्त्रिपरिषद्‌बाटै निर्णय

काठमाडाैं | असोज ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना व्यवस्थापन प्रणाली मर्मत गर्न फ्रान्सेली कम्पनी आईडेमियालाई वार्षिक १५ करोड रूपैयाँ दिने तयारी गरेको छ । विभागले आईडेमियालाई दुई वर्षसम्म राष्ट्रिय परिचयपत्र सूचना व्यवस्थापन प्रणाली मर्मत गर्न ३० करोड रूपैयाँ दिने तयारी गरेको हो । विभागले आईडेमियासँग पुनः एएमसी गर्न लागेको छ । गत भदौ ६ गते मन्त्रिपरिषद्‍ले निर्णय गरेपछि विभागले आईडेमियालाई गत वर्षको बाँकी र चालू आर्थिक वर्षको गरी झन्डै ३० करोड रूपैयाँ दिने तयारी गरेको हो ।

Muktinath Bank

आईडेमिया राष्ट्रिय परिचयपत्र जडान गर्न यसअघि पटक-पटक गरी अर्बौं रूपैयाँको ठेक्का पाएको कम्पनी हो । झण्डै एक अर्बको प्रोजेक्ट मर्मतमा १५ प्रतिशत खर्च हुने सम्झौता भएकोले २ वर्षको लागि ३० करोड रुपैयाँ दिने तयारी भएको विभागका सूचना अधिकारी नवराज जैसीले बताए । 'कूल लागतको १५ प्रतिशत वार्षिक ममर्त खर्च दिने भनेर फ्रान्सेली कम्पनीसँग प्रणाली खरिद गर्ने बेलामै सम्झौता गरिएको थियो,' सूचना अधिकारी जैसीले लोकान्तरसँग भने, 'गत वर्षकै मर्मत खर्च दिन बाँकी थियो । यो वर्षको पनि बाँकी रहेको अवस्थामा सेवा प्रदान गर्न नसकिने भनेर कम्पनीले ताकेता गरेपछि सरकारले निर्णय गरेको हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि कतिपय सफ्टवेयरको लाइसेन्स सकिएको बताउँदै वारेन्टी तथा ग्यारेन्टी सकिएकाहरूको डिस्काउन्ट गरी हिसाब गरेर मात्र रकम दिइने जैसीले बताए । 'यति नै रकम दिइन्छ भन्ने हिसाब भएको छैन । प्राविधिक कुरा मैले धेरै बुझेको पनि छैन,' जैसीले भने, 'यति नै रकम दिइने भनेर अंक नै किटान गर्न सक्दिनँ । तर, सरकारले निर्णय गरिसकेका कारण फ्रान्सेली कम्पनी आईडेमियासँग एएमसी गर्ने तयारी भइरहेको छ ।'


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर पटक-पटक अर्बौंको ठेक्का

Vianet communication
Laxmi Bank

सफ्टवेयर जडान गर्न झन्डै १ अर्ब रूपैयाँको ठेक्का पाएको आईडेमियाले त्यसअघि पनि ४.९ मिलियन अमेरिकन डलरको ठेक्का पाएको थियो । २ लाख ५० हजार व्यक्तिको बायोमेट्रिक गर्ने तथा १ लाख १७ हजार कार्ड छाप्न फ्रान्सेली कम्पनी मोर्फासँग सम्झौता गरिएको थियो । विभागका एक कर्मचारीका अनुसार ग्लोबल टेन्डरमार्फत् शुरूमा मोर्फा छनौट भएको थियो । दुवै एउटै कम्पनी हुन् । मोर्फा नै पछि आईडेमिया भएको हो ।

पाइलटिङ कार्यका लागि शुरूमा पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका कर्मचारीहरू समेतलाई बायोमेट्रिक गरी कार्ड वितरण गरिएको थियो ।

प्रयोगका लागि ४.९ मिलियन अमेरिकन डलरमा कम क्षमताको प्रणाली भित्र्याएर सफलतापूर्वक परीक्षण भएपछि दोस्रो पटक सोही कम्पनीलाई विना प्रतिस्पर्धा छनोट गरिएको थियो । दोस्रो पटक ८.१ मिलियन अमेरिकन डलरको ठेक्का दिइएको थियो । 'दोस्रो पटक पनि ग्लोबल टेन्डर नै गरिएको थियो । तर, क्याबिनेटले नै 'सिंगल सोर्स' विधिबाट मेडीआईलाई सोझै छनोट गरेको थियो,' विभागका एक कर्मचारीले लोकान्तरसँग भने, 'पहिले पनि त्यही कम्पनीले सफ्टवेयर जडान गरेकाले अरुले बढीमा ठेक्का पाउने अवस्था थियो । त्यसैले नेगोसिएसन गरेर दोस्रो पटक सिधै त्यही कम्पनीलाई ठेक्का दिइएको हो ।'

पहिलेको प्रणाली कम क्षमतामा भएकाले पूर्ण क्षमतामा सञ्चालन गर्न दोस्रो पटक ठेक्का दिइएको थियो । २ करोड मानिसको बायोमेट्रिक र ३ करोड जनाको वैयक्तिक विवरण 'डेटाबेस' सञ्चालन गर्न कम्पनीलाई ठेक्का दिइएको थियो । 'पहिले ५ सय कार्ड प्रति घण्टा छापिने क्षमता थियो, त्यसलाई बढाएर १ हजार कार्ड वितरण गर्ने क्षमता बनाइएको हो,' ती कर्मचारीले भने, 'सोही ठेक्कामा सर्भिस, विद्युतीय सेवा पनि समावेश थियो ।'

यसरी पटक पटक गरी ठेक्का पाएको कम्पनीले मर्मत गर्न वार्षिक १५ करोड थप रकम लिन लागेको हो । 'हामी आफैँले आफ्नो क्षमता विस्तार गरेको भए अहिले त्यो कम्पनीसँग एएमसी गर्न पर्दैनथ्यो,' विभागका सूचना अधिकारी जैशीले लोकान्तरसँग भने, 'हामीले दक्ष जनशक्ति तयार गर्न सकेनौं, पूर्वाधार पनि विकास गर्न सकेनौं । त्यसैले बाध्य भएर एएमसी गर्नुपरेको हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x