×

NIC ASIA

सार्वजनिक बिदाका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

काठमाडाैं | असोज १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोराले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त भएको खुलेको छ ।

Muktinath Bank

गत शनिवार बेलुकातिर दक्षिणकालीबाट बल्खुतर्फ आउने क्रममा टौदह क्षेत्रमा राज्यमन्त्रीको सचिवालयका लागि भनेर लिइएको सरकारी गाडी दुर्घटनामा परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वस्त स्रोतका अनुसार राज्यमन्त्री प्रमिलाका छोरा राहुलले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त हुँदा केही स्थानीय घाइते भएका थिए ।


Advertisment
Nabil box
Kumari

स्थानीयले राज्यमन्त्री प्रमिलाका छोरा राहुल र गाडी चालक समेतले मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना भएको बताएका छन् ।

Vianet communication

बीएबी ७३८५ नम्बरको सरकारी गाडी भयानक दुर्घटना भएको तस्वीरबाट नै बुझिन्छ । दुर्घटनाग्रस्त उक्त सरकारी गाडीको अगाडिको चक्का नै फुत्किएको छ । नम्बर प्लेट पनि झरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका उपसचिव तेजप्रकाश प्रसाईंका अनुसार दुर्घटनाग्रस्त गाडी 'इभेन्ट' भन्ने परियोजनाको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनालाई अंग्रेजीमा 'इभेन्ट' भनिएको हो ।

'दुर्घटना भएको उक्त गाडी मन्त्रालयको होइन । इभेन्ट प्रोजेक्टको गाडी हो । तर, राज्यमन्त्रीज्यूको सचिवालयका लागि ल्याइएको हो,' प्रसाईंले लोकान्तरसँग भने, 'विजय नाम गरेका एकजना चालकको राज्यमन्त्रीज्यूको सचिवालयमा नियुक्ति भएको छ । उनैले प्रयोग गर्नका लागि उक्त गाडी ल्याइएको हो ।'

दुर्घटनाबारे आफूले पनि सुनेको तर, के कति कारणले कहाँ दुर्घटना भयो भन्ने बारेमा केही जानकारी नरहेको उनले बताए ।

प्रसाईंले त्यसो भने पनि उक्त गाडी गत जेठमा नै मन्त्रालयलाई बुझाइसकिएको इभेन्ट परियोजनाका सूचना अधिकारी शिवराज पोखरेल बताउँछन् ।

'गत असारमा नै हाम्रो परियोजनाको म्याद सकिएको हुनाले जेठमा नै हामीले त्यो गाडी शिक्षा मन्त्रालयलाई बुझाएका थियौं,' पोखरेलले लोकान्तरसँग भने, 'हामीले गाडी बुझाएको भरपाई पनि छ । उक्त गाडी दुर्घटना भएको हामीले पनि सुन्यौं तर हामीले यसअघि नै मन्त्रालयलाई हस्तान्तरण गरिसकिएको हुनाले त्यस विषयमा चासो राखेनौं ।'

परियोजना बन्द भए पनि अडिट गर्ने काम बाँकी रहेकाले मात्र अफिस सञ्चालन गरिरहेको उनले बताए । राज्यमन्त्री प्रमिलाका छोरा राहुल उनको सचिवालयमा छैनन् । तर, शनिवार सार्वजनिक बिदाका दिन उनका छोराले सरकारी गाडी के कति प्रयोजनका लागि लिएर गएका थिए भन्ने खुलेको छैन ।

यस विषयमा राज्यमन्त्री प्रमिला कुमारीसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । पटक-पटक फोन गर्दा फोन नउठेपछि मन्त्रालयमै गएर त्यसविषयमा बुझ्न खोज्दा पनि उनले भेट्न मनिनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x