१२ असार २०८३, शुक्रबार

मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी

असोज १०, २०८०
काठमाडौं
मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी

सूर्य नेपाल प्रालिको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी नियुक्त भएकी छिन् ।

नेपालमै सर्वाधिक रुचाइएको अगरबत्ती ग्राहकहरूको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरूमा उपलब्ध छ । 

आफ्ना उत्पादनलाई अझ सशक्त रुपमा ग्राहकहरूमा पुर्‍याउन तथा आफ्नो उत्पादनहरूको प्रवर्द्धन गर्न सिवाकोटीसँगको सहकार्यले मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयमार्फत चर्चामा रहेकी सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरूका साथै मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।

अभिनेत्री सिवाकोटीले आफू पनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएकाले मंगलदीपजस्तो गुणस्तरीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । 

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायतका उत्पादनहरू बजारमा उपलब्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्