
आइसर मोटर्सले ‘सोचेझैं दशैं तिहार, रोजेझैं उपहारः सुनको बहार, बम्परमा कार’ उपहार योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड दशैं र तिहारको अवसरमा नयाँ आइसर गाडीको खरिदमा रोजेर उपहार लिन पाइने योजना घोषणा गरिएको कम्पनीले जनाएको छ ।
विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह मानिने आइसर ७० भन्दा बढी देशहरूमा फैलिएको छ ।
भोल्भोसँगको सहकार्यमा आइसरले विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।
हालसालै भएको बतास र एमएडब्लूको एकताले व्यावसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरू, ४ डिलर र १६ टच पोइण्टस् गरी देशैं भर व्यावसायिक सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरी चाडपर्वको उत्सव मनाउन बीएमसीवीले दशैं तिहार स्कीमको घोषणा गरेको हो ।
यस योजना अन्तर्गत आइसर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरूले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ ।
यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी ईभी कार पनि प्राप्त गर्नेछन् ।
उल्लेखित उपहारहरू बाहेक चालकलाई रू. पाँच लाख र रू. पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइसरले प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस दशैं तिहार योजनाको थप जानकारीको लागि नजिकैको ब्रान्च, डिलर तथा टच पोइन्ट वा ९८०२३११६४५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।