०४ साउन २०८३, सोमबार

काठमाडौंको खिचापोखरीमा हिमालयन बैंकको भवन शिलान्यास​

असोज १६, २०८०
काठमाडौं
काठमाडौंको खिचापोखरीमा हिमालयन बैंकको भवन शिलान्यास​

हिमालयन बैंक लिमिटेडले काठमाडौंको न्यूरोडस्थित आफ्नै जग्गामा भवन निर्माण शुरू गरेको छ ।​​

बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरीमा यही असोज १२ गते शुक्रवार भवन निर्माणको लागि शिलान्यास गरेको हो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका हुन् ।

उक्त विशेष समारोहमा बैंकका संचालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।​

बैंकका अध्यक्ष श्रेष्ठले भवन निर्माणको लागि शिलान्यास गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरू जस्तै इटहरी, वीरगन्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको बताए ।

त्यस्तै बैंकले भरतपुर र नेपालगन्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना बनाएको उनको भनाइ थियो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरूलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

यसबाट बैंकका ग्राहकहरूलाई थप सुविधा प्राप्त हुने उनको विश्वास छ ।

हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्