×

काठमाडौंको खिचापोखरीमा हिमालयन बैंकको भवन शिलान्यास​

काठमाडाैं | असोज १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालयन बैंक लिमिटेडले काठमाडौंको न्यूरोडस्थित आफ्नै जग्गामा भवन निर्माण शुरू गरेको छ ।​​

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरीमा यही असोज १२ गते शुक्रवार भवन निर्माणको लागि शिलान्यास गरेको हो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका हुन् ।


Advertisment
MAW JCB

उक्त विशेष समारोहमा बैंकका संचालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।​

Vianet communication
Laxmi Bank

बैंकका अध्यक्ष श्रेष्ठले भवन निर्माणको लागि शिलान्यास गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरू जस्तै इटहरी, वीरगन्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको बताए ।

त्यस्तै बैंकले भरतपुर र नेपालगन्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना बनाएको उनको भनाइ थियो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरूलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

यसबाट बैंकका ग्राहकहरूलाई थप सुविधा प्राप्त हुने उनको विश्वास छ ।

हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ३, २०८०

आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...

कात्तिक २८, २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । यही कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्य...

कात्तिक २७, २०८०

कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्‍ग्रा लिएर आए ।  बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ ।    हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x