०५ साउन २०८३, मंगलबार

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन गर्न प्रक्रिया अघि बढ्यो

असोज १८, २०८०
काठमाडौं
स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन गर्न प्रक्रिया अघि बढ्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई पुनः संशोधनको प्रक्रिया अगाडि बढाएको छ । 

सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको सहमति अनुसार ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। मन्त्रालयले चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्र्टन डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधालगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेशन पेश गर्न मन्त्रालयका अतिरिक्त सचिवको संयोजत्वकमा समिति गठन गरेको छ । 

साथै मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्