
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल आउने यात्रु शुक्रबार साँझसम्म उडान नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् ।
हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्ज्वला दलीले बिहीबार जहाजमा आएको समस्या समाधान गर्दा समय लागेको बताउँदै उडान दलमा सहभागीहरूको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि जहाज नेपाल फर्किन समय लागेको जानकारी दिइन् ।
उनले भनिन्, “नेपालमा उडानपूर्व गरिएको जहाजको निरीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि जहाज उतै रोकिएको हो । प्राविधिक समस्या समाधान हुन्जेल चालक दलको उडान समय सकिएपछि आरामको समयपछि सोही चालक दलले जहाज उडाएर शुव्रmबार रातिको उडानबाट नेपाल फर्काउने छ ।” गोरखापत्रमा खबर छ ।