२८ असार २०८३, आइतबार

९० तहको नतिजा सार्वजनिक, कांग्रेस २ नम्बरमा एक नम्बर बन्ने पक्कापक्की

कात्तिक २०, २०७४
९० तहको नतिजा सार्वजनिक, कांग्रेस २ नम्बरमा एक नम्बर बन्ने पक्कापक्की
काठमाडौं, ७ असोज— नेपाली कांग्रेस प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्ने पक्कापक्की जस्तै देखिएको छ ।
शनिबार बिहानसम्म ९० तहको मतपरिणाम आउँदा कांग्रेस ३१ तहमा जीत हाँसिल गर्न सफल भएको छ ।
उसले ९ स्थानमा अझैं अग्रता हासिल गरिरहेका छ । जवकी उसलाई पछ्याउँदै गरेको संघीय समाजवादी फोरम र माओवादी केन्द्रले १६/१६ स्थानीय तह जितेका छन् ।Madhesh-Vote-Count
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दोस्रोमा खुम्चिएको कांग्रेस तेस्रो चरणमा भने चम्किएको हो । एमालेको मधेसमा सकारात्मक छाप नरहेको तथा अरु दलको पनि प्रभावशाली उपस्थित रहन नसक्दा आफ्नो परम्परागत भोट रहेको कांग्रेस मधेसमा बलियो अवस्थामा देखिएको बताइन्छ ।
नतिजा अनुसार १६ तहमा जितेका माओवादी केन्द्रले थप १२ तहमा अग्रता कायम गर्दै दोस्रो बन्ने होडमा देखिएको छ । यस्तै संघीय समाजवादी फोरम पनि १६ तहमा नै जीत हासिल गर्दै दोस्रो नै बन्ने होडमा रहेको छ । उसको ७ तहमा अग्रता रहेको छ ।
यता एमाले र राजपाले क्रमशः १० र १३ तह जितेका छन् । अग्रतामा राजपाको १० रहेको छ भने एमालेको ९  रहेको छ ।
यस्तै लोकतान्त्रिक फोरमले ३ तह जितेको छ भने जनता दलले पनि एक तह जितेको छ ।
असोज २ मा सम्पन्न निर्वाचनको मतगणना अझैं जारी छ । निर्वाचन आयोगले ५ दिनमै अन्तिम मतगणना सार्वजनिक गर्ने लक्ष्य राखेको भएपनि गणनामा सुस्तता देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्