१७ असार २०८३, बुधबार

चलचित्र ‘जारी’ सिनेमाघर एपमा रिलिज, विश्वभरबाट हेर्न सकिने

असोज २८, २०८०
काठमाडौं
चलचित्र ‘जारी’ सिनेमाघर एपमा रिलिज, विश्वभरबाट हेर्न सकिने

नेपालको पहिलो ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सुपरहिट चलचित्र ‘जारी’ रिलिज भएको छ । बडादशैँको अवसर पारेर आज घटस्थापनाको दिन यो चलचित्र विश्वव्यापी ओटिटी रिलिज गरिएको हो । 

सिनेमाघर एपमा ‘जारी’को सर्वाधिक डिमान्ड आएको थियो । सोही डिमान्डलाई मध्यनजर गर्दै यो चलचित्र रिलिज गरिएको सिनेमाघरका सिईओ सागर खरेलले बताए । 

यस वर्षको सर्वाधिक हिट चलचित्र ‘जारी’ले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय छ । 

यसअघि यो सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । गत भदौमा रिलिज भएको ‘महापुरुष’ले सिनेमाघरमा सफल व्यापार गरिरहेको छ । 

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ । 

‘जारी’ हेर्न २ सय रूपैयाँ तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्