
वीरगञ्ज ८ असोज– प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । शनिवारसम्म पहिलो नम्बरमा रहेको नेपाली कांग्रेसलाई पछि पार्दै फोरमले अग्रता लिएको हो ।
आइतवार विहान सम्मको मतगणना नजितामा फोरम उम्मेदवार विजय सरावगीले ९ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीले ९ हजार ८ सय २८ मत पाएका छन् ।
शुरुवाती अग्रता लिएका राजपाका राजेशमान सिंह तेस्रो स्थानमा पुग्दै ६ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । एमाले चौथो स्थानमा रहँदा माओवादी केन्द्र पाँचौ स्थानमा धकेलिएको छ ।
मतगणना भने अत्यन्त सुस्त गतिमा भइरहेकोले अन्तिम नतिजा आउन अरु केही दिन लाग्ने देखिएको छ ।