
इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये दुई नेपाली विद्यार्थीहरूको शव काठमाडौं ल्याइएको छ । फ्लाई दुबईको उडानमार्फत् आइतबार बिहान उनीहरूको शव काठमाडौँ ल्याइपुर्याइएको हो ।

बाँकी एक जनाको शव आजै दिउँसो ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । एक जनाको शव भने राति नै ल्याइएको थियो । नेपाली विद्यार्थीको शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
आज नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको शव नेपाल ल्याइँदै छ ।
काठमाडौं ल्याइने शवलाई आजै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ ।
हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो । १० मध्ये बाँकी ६ जनाको शव भने ल्याउन बाँकी छ ।