
रियालिटी शो नेपाल आइडलमा फस्ट रनर अप भएका निशान भट्टराइले नेपाल आइडल भएर आफ्ना फ्यानहरुको इच्छा पूरा गर्न नसकेकोमा क्षमा मागेका छन् ।
कतारको दोहामा आयोजना गरिएको नेपाल आइडलको उपाधी वुद्ध लामाले जितेका थिए ।
अाइडल सकिएसँग सामाजिक सञ्जालमा अाफ्ना फ्यानहरूलार्इ सम्बोधन गर्दै निशानले आफूलाई भोट दिने सवैलाई धन्यवाद दिँदै आइडलको उपाधी दिलाएर फ्यानलाई खुसी पार्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै निशानले आगामी दिनमा आफ्ना कमीकमजोरी सुधार गर्दै अगाडि बढ्ने बताएका छन् ।
उनले लेखेका छन्,‘ मैले यहाँ जेजे प्राप्त गरेँ त्यो सब यहाँहरुले नै दिलाईदिनु भएको हो । म जे छु जहाँ छु त्यो सबथोकको श्रेय हजुरहरुलाई नै जान्छ ।’ निशान लेख्छन्,‘ मेरा हरेक कमदहरु हजुरहरु सम्पुर्णले थामी दिनु भएको छ, हजुरहरु बिना म एक बुँद पानी जति पनि छैन । हजुहरु हुनुहुन्छ हजुरहरुको माया छ’
निशानले फेसबुकमा यस्तो लेखेका छन्आरदणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन साथै नजिकिदै गरेरको बडा दशैँको शुभकामना ।
ठिक यो बेला मसँग सबैजनलाई एकमुष्ट सम्वोधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म आफुले आफुलाई नै अपरिचत ठानिरहेको छु र बिस्तारै आफुभित्र हराइरहेको छु ।
समय उहीँ हो तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर आउँदो रहेछ । मेरो हकमा समयले नेपाल आइडलको मञ्च लिएर आयो । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल आइडलको फष्ट रनर अप जस्तो गरिमामय उपाधी दिलाइ दियो यसका लागि नेपाल आइडलप्रति आभारी छु ।
खासमा मेरो जन्म नै मेरो लागि एउटा अवसर थियो, मेरा बाबा–ममी जसले मलाई जन्म दिनुभयो र यो धर्ती चिनाउनु भयो म सब भन्दा धेरै उहाँहरुको ऋणी छु । मेरा गुरुहरु जसले मलाई यहाँसम्म आइपुग्ने बाटो बनाई दिनुभयो, मेरा मार्गदर्शक मेरा गुरुहरुप्रति सतसत नमन गर्दछु । मेरा सम्पुर्ण शुभचिन्तक, मेरा फ्यानहरु यहाँहरु मेरा भगवान सरह हुनुहुन्छ ।
मैले खास उपाधी नजितेर यहाँहरुको सपना पूरा त गर्न सकिन यसमा मैले जे गर्नु पर्थ्यो सायद त्यो गर्न सकिनँ र हजुरहरुको म आइडल भएको हेर्ने सपना पूरा गर्न सकिन यसमा मेरा धेरै कमीकमजोरीहरु पनि थिए होलान तर आउँदा दिनहरुमा म ती कमीकमजोरीहरुलाई सुधार्ने वचन दिन्छु तर मैले यहाँ जेजे प्राप्त गरेँ त्यो सब यहाँहरुले नै दिलाईदिनु भएको हो ।
म जे छु जहाँ छु त्यो सबथोकको श्रेय हजुरहरुलाई नै जान्छ । मेरा हरेक कमदहरु हजुरहरु सम्पुर्णले थामी दिनु भएको छ, हजुरहरु बिना म एक बुँद पानी जति पनि छैन । हजुहरु हुनुहुन्छ हजुरहरुको माया छ र मात्र मैले म आफु भएको महसुस गरेरको छु । हजुरहरुलाई म कोटीकोटी प्रणाम गर्दछु ।
नेपाल आइडलका सम्पुर्ण प्रतिश्पर्धी साथीहरु यहाँहरुप्रति आभारि छु । यहाँहरु सम्पुर्ण हुनुहुन्थ्यो र नै यो प्रतिस्पर्धामा मैले म भएको अनुभूत गरेको थिएँ । मेरो यो उपलब्धीको भागिदार तपाईहरु पनि बराबर हुनुहुन्छ ।
यहाँहरुले प्रतिस्पर्धी भएर जो साथ र सहयोग गरिरहनु भयो त्यो मेरा लागि अनुपम छ । यो साथ र प्रेरणा आउँदा दिनमा पनि मलाई उत्तिकै खाँचो छ । देशविदेशमा बसेर मलाई लाखौँले सहयोग गर्नु भएको छ, यहाँहरुप्रति म ऋणि छु ।
अन्त्यमा मैले सबै पक्षलाई यहाँ सम्वोधन गर्न सकिरहेको छैन । मैले हजुरहरुलाई जति नै धन्यवाद दिए पनि त्यो यहाँहरुको सहयोगको बदलामा सारै सानो लागिरहेको छ । मेरो विवसता यतिखेर यही हो । मेरो खास प्रतिस्पर्धा भने अब सुरु हुँदैछ यसका लागि यहाँहरु सम्पुर्णको माया, हौसला, प्रेरणा, सुझाव, सल्लाह र साथको सँधै खाँचो हुनेछ । यसको आशा गरिरहने छु ।
यहाँहरुको प्यारो निशान भट्टराई