२९ जेठ २०८३, शुक्रबार
'ग्राउन्ड जिरो' जाजरकोट

कात्तिकको चिसो र शीतमा खुला आकाशमुनि भूकम्पपीडित, चाउचाउको भरमा रात

कात्तिक १८, २०८०
जाजरकोट
कात्तिकको चिसो र शीतमा खुला आकाशमुनि भूकम्पपीडित, चाउचाउको भरमा रात

शुक्रवार रातिको विनाशकारी भूकम्पपछि जाजरकोटमा अधिकांश कच्ची घर ढलेका छन् ।

सग्लो रहेका घरमा पनि भित्र छिर्ने हिम्मत अधिकांशको देखिएको छैन । 

शनिवार बेलुका जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा पुग्दा स्थानीयहरू खुला आकाशमुनि ओछ्यान लगाएर सुतिरहेका भेटिए ।

null

रासन-पानी सबै घरमा पुरिएकाले चाउचाउ खाएर रात बिताउने उनीहरूले बताएका छन् ।

यो गाउँमा एकै परिवारका २ सहित ८ जनाको मृत्यु भएको स्थानीय विवश रानाले लोकान्तरसँग बताए ।

'यहीँ ८ जनाको मृत्यु भयो । एकै परिवारका २ जना परे,' दिनभर उद्धारमा खटिएका रानाले भने ।

null

उनी पनि परिवारसहित खुला आकाशमुनि रात बिताउने तयारीमा छन् ।

कात्तिककाे चिसो र शीतमा खुला आकाशमुनि सुत्दा स्वास्थ्य समस्या निम्तिने चिन्ता समेत बढेको छ ।

null

लक्ष्मी नाम बताउने एक महिलाले आफ्नी छोरीलाई मुस्किलले बचाएको बताइन् ।

'मर्न नलेख्या भएर ढुंगा छल्दै बाहिर निस्कियौं । साथमै सुतेकी ५ वर्षकी छोरीलाई बल्लबल्ल तान्न भ्याएँ,' उनले भनिन्, 'हातमा चोट लागेको छ ।'

null

राहत सामग्री आएको सुने पनि आफूहरूको हातमा नपरेको उनको भनाइ छ ।

'राहतको चामल तथा चाउचाउ अलि माथिसम्म ल्याएछन् । हाम्रो हातमा केही परेको छैन,' उनले भनिन्, 'खाने अन्न पनि सबै घरमा पुरियो । केही साथमा छैन ।'

सुतिरहेका बेला शुरूमा झ्याप्पै आएको भूकम्पले यति ठूलो विनाश निम्त्याएको उनीहरूको भनाइ छ ।

null

भूकम्पका कारण जाजरकोटमा १०५ तथा रुकुम पश्चिममा ३८ गरी १४३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । १६६ जना घाइते छन् ।

salt training

कमेन्ट गर्नुहोस्