२९ जेठ २०८३, शुक्रबार
भूकम्पले निम्त्याएको विनाश

ग्राउण्ड जिरोः बुढो बाबुको काँधमा तरुण छोराको शव- भूकम्पले ढल्यो घर, चितासँगै जल्यो सहारा

कात्तिक २०, २०८०
जाजरकोट
ग्राउण्ड जिरोः बुढो बाबुको काँधमा तरुण छोराको शव- भूकम्पले ढल्यो घर, चितासँगै जल्यो सहारा

मान्छेको जीवनबाट आशा हराएपछि संवेदना पनि हराउँदो रहेछ । मन ढुङ्गाजस्तो बन्दो रहेछ । जाजरकोटको नलगाड नगरपालिका १ चिउरी गाउँका अमृत कामीको जीवनमा अहिले यस्तै भएको छ । उनको आँखामा आँसु आउन छोडिसक्यो । मन ढुङ्गाजस्तो बनेको छ । शुक्रबार रातिको भूकम्पअगाडि उनको मन चङ्गाजस्तै थियो । दशैंको उमङ्ग थियो । किनकी उनको छोरो साथमा थियो ।

null

भूकम्पले छोरा लग्यो । ‘एउटा छोरो थियो त्यो पनि भूकम्पले लग्यो,’ अमृतले लोकान्तरसँग भने, ‘आँसु सकिएछ सायद । अहिले आउनै छोड्यो ।’

null

कमाएर पाँच जनाको परिवार पाल्ने जिम्मा छोराकै काँधमा थियो । अहिले त्यही छोराको शव आफ्नो काँधमा राखेर अमृतले घाटमा लैजानु परेको छ ।

कमाएर पाँच जनाको परिवार पाल्ने जिम्मा छोराकै काँधमा थियो । अहिले त्यही छोराको शव आफ्नो काँधमा राखेर अमृतले घाटमा लैजानु परेको छ ।

भारतमा गाडी चलाएर घरपरिवार चलाउँदै आएका २४ वर्षीय मृत छोराको नाम लिनसमेत उनी सक्दैनन् । भूकम्पको दिन छोरा श्रीमतीसहित उनी घरमा सुतेका थिए । एक्कासि भूकम्प आयो । उनी र उनकी श्रीमतीलाई च्याप्यो । उनीहरू जसोतसो गरेर बाहिर निस्किए । तर, छोरा निस्किएन । ‘भूकम्पले घर भत्काउँदा मलाई र बुढीलाई च्यायो । कसोकसो गरेर हामी बाहिर निस्कियौं तर, छोरा निस्किएन,’ अमृतले लोकान्तरसँग भने ।

पछि घरको माटो पन्छाएर छोरालाई बाहिर निकाले । जिउँदो रहेनछ । उनकी श्रीमती अहिले पनि अचेत अवस्थामा छिन् । उनले समाल्दै आएका छन् ।

null

विक्षिप्त श्रीमती सम्हाल्दै उनले छोराको सद्गद पनि गरिरहेका छन् । भूकम्पमा ज्यान गुमाएका गाउँका १२ जनासँगै उनले आफ्नो छोरालाई बाँसमा बाँधे । श्रीमती छोराको शवअगाडि बसेर छाती पिटेर रोइरहेकी थिइन् । बिहान ११ बजे उनले बोकेर नलगाड नदी पुर्‍याए । चितामा आगो लगाए । आगोसँगै उनको सहारा जलेर खरानी भयो । घर भूकम्पले ढाल्यो । अब उनीसँग न घर छ न सहारा नै ।

null

छोराको काजका लागि उनले कपाल खौरिएका छन् । दाहसंस्कारका सामानहरू जुटाइरहेका छन् ।

null

भूकम्पले चिउरी गाउँका १३ जनाको ज्यान लिएको छ । दलित बस्ती भएको यो गाउँमा अधिकांश घरहरू ढुंगा माटोबाट बनेका थिए । कच्ची घर भत्किएकै कारण धेरै जनाको ज्यान लियो । अहिले गाउँ शोकमा डुबेको छ ।

null

 

salt training

कमेन्ट गर्नुहोस्