कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका क्षेत्रका अधिकांश घरमा क्षति पुर्याएको छ । १५३ मानिसको मृत्यु भएको छ भने कतिपय पशु–चौपायालाई समेत क्षति पुर्याएको छ । सो नगरपादिका भूकम्पको केन्द्रविन्दु रहेको जिल्ला जाजरकोटको सीमाना भएका कारणले पनि क्षति पुर्याएको हो ।
वडा नम्बर ११ गाउँबारीका धनवीर पुन अहिले आफ्नो गाउँभन्दा १ घण्टा ३० मिनेटको पैदल हिँडाइभन्दा तल झरेका छन् । छोरीको खेतमा बसेका छन् । कपाल खौरिएका उनले सेतो वस्त्र लगाएर बसेका छन् । शुक्रवार बेलुका सँगै सुतेकी आफ्नी श्रीमतीलाई भूकम्पमा गुमाएपछि उनी काजक्रिया गर्न यहाँ बसेका हुन् ।
‘श्रीमतीको किरिया (क्रिया) गर्न बसेका छौं,’ धनवीरले लोकान्तरसँग भने । कुरा गर्ने क्रममा उनले भूकम्पले जीवनसंगिनी गुमाएको पीडा पोखे । उनी आफैँ भाग्यले बाँचेका हुन् । भूकम्प आएपछि घरमा भएको ढुङ्गाले उनलाई च्यापेको थियो । उनको ढाड र खुट्टाको भागमा ढुङ्गा बसेको थियो । उनकी श्रीमतीको भने टाउकोमा ढुङ्गा लागेकै कारण मृत्यु भएको हो ।
‘भूकम्प आएपछि मलाई र उनी (श्रीमती)लाई ठूलो ढुङ्गाले लाग्यो । उनलाई टाउको लागेकाले बच्न पाइनन्,’ धनवीरले भने ।
करिब ४–५ घण्टापछि आएर पुनको उद्धार भएको थियो । अहिले उनको हात, खुट्टा र ढाडमा चोट लागको छ । उनी अहिले उठ्न नसक्ने अवस्थामा छन् ।
यस्तै रुकुम पश्चिम आठबीस नगरपालिका १३ घितमाङमा ३०० भन्दा धेरै घर छन् । तीमध्ये कुनै पनि घर बस्न सक्ने अवस्थामा नभएको स्थानीय खडक थापाले बताए ।
‘सडकबाट करिब १ घण्टा गाडीमा माथि जानुपर्छ, त्यहाँ ३०० घर छन् कुनैमा पनि बस्न सक्ने अवस्थामा छैन,’ डोल्पा जाने सडक खण्डमा भेटिएका पुनले लोकान्तरसँग भने, ‘सबै बाहिर बसेका छन् । त्यहीँ पकाएर खाने गरेका छन् ।’
उनको गाउँमा पूर्वकुमारी शाही, खिममान बीसी, मिना बीसीलगायत ६ जनाको मृत्यु भएको थियो । उनीहरूले २ रात बाहिर पालमा सुतेर बिताएपछि आफन्तको दाहसंस्कारमा आएको बताए ।
आठबीस नगरपालिका ११ मा एउटै घरमा ४ जनाको मृत्यु भएको छ । भाडामा बस्ने मजदुरसहित ४ जनाको मृत्यु भएको स्थानीय सुशीला चन्दले बताइन् । उनको छिमेकमा रहेका टेकबहादुर चन्दको घरमा घटना भएको हो । उनका अनुसार ६५ वर्षीय चन्द, उनकी श्रीमती ५५ वर्षीया कोशिला चन्द्र र सडक निर्माण गर्न आएका बाबुछोराको मृत्यु भएको हो । ६ जना बस्दै आएको त्यो घरमा २ जनालाई चिच्याउँदा चिच्याउँदैको अवस्थाबाट उद्धार गरिएको उनले बताइन् ।
‘६ जना सुतेका थिए, भूकम्प आएपछि हामी बाहिर आउँदा बचाओ–बचाओे भन्दै थिए । सडकमा काम गर्ने अरु मानिसलाई बोलाएर उनीहरूलाई घरबाट तानेर बाहिर निकाल्यौं,’ सुशीलाले लोकान्तरसँगको कुराकानीमा भनिन् । ६ जनालाई निकले पनि अरुलाई बचाउन नसकेको भन्दै उनले दुःख व्यक्त गरिन् ।
आठबीसकोट नगरपालिकामा मृत्यु भएका अरुबारे सुशीलालाई खासै याद छैन । तर मृत्यु भएका एकजना १२–१३ वर्ष जतिका बालकको भने उनलाई झलझली याद आइरहेको छ । ‘एउटा १२–१३ वर्षको सानो बच्चा थियो, उसले आफ्नो बुवालाई ढुङ्गा ओसारेर सघाउँथ्यो, त्यो पनि बुवासँगै भूकम्पमा परेछ,’ भावुक हुँदै उनले भनिन् ।
टेकबहादुरको घरमा अहिले मृतकको दाहसंस्कार गर्ने मानिस पनि छैनन् । उनका एका छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । बुहारी काठमाडौंमा २ हप्ताकी सुत्केरी छिन् । त्यसैले आफन्तले लगेर दाहसंकार गरिदिएको सुशीलाले लोकान्तरलाई बताइन् ।
रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् । मानिसहरू खेतको खुला आकाशमै बसेर खाना जीविका चलाइरहेका छन् । त्यही खाना पकाएर खान्छन्, त्यहीँ सुत्छन् । ३ रात खुला आकाशमा बिताइसकिएको स्थानीयले बताए । ३ रात बाहिर बस्दा शितले भिजेका कपडा सुक्न घण्टौँ लाग्ने गरेको उनीहरू बताउँछन् ।
‘भूकम्प आएदेखि अहिलेसम्म हामी बाहिरै सुतिरहेकाका छौं । घरभित्र जाने त आँटै छैन । सबै घर भत्किएको छ । भित्र भएको अन्न पनि बाहिर ल्याउन आँट आएको छैन्,’ वडा नम्बर ११ का स्थानीय मनबहादुर डाँगीले भने ।
मनबहादुरहरू बाहिर बसेका छन् । भूकम्पको डरले आफ्ना चौपायालाई पनि घाँस हाल्न जान सकेका छैनन् । ३० घर परिवार भएको यस क्षेत्रमा एक हप्ताकी सुत्केरी बच्चा लिएर बाहिर खुला आकाशमा सुत्न बाध्य छिन् ।
अहिलेसम्म स्थानीय प्रशासनले त्यहाँ उपस्थिति जनाउन सकेको छैन । कारण, त्यहाँका वडाध्यक्ष प्रेम पुनको पनि भूकम्पमा परेर खुट्टा भाँचिएको छ ।
‘वडाध्यक्षको पनि खुट्टा भाँचिएको छ । उहाँ यहाँ आउनसक्ने अवस्था पनि छैन । अरु कोही आएका छैनन्,’ स्थानीय छवि डाँगीले लोकान्तरसँग भने ।
रुकुम पश्चिम सदरमुकामबाट टाढा रहेको आठबीसकोट जाजरकोटबाट नजिक पर्छ । सो क्षेत्र जाजरकोट प्रहरीको कार्य क्षेत्र नहुँदा समस्या हुने गरेको स्थानीयहरूले बताए । यस्तै कारणले राभर खुला आकाशमा बिताउन बाध्य भएको उनीहरूको गुनासो छ ।
यस क्षेत्रमा भूकम्पपीडितहरू आफ्नो घरका सामानहरू बाहिर निकालेर सुरक्षित राखेको देखिन्छ । भूकम्पले घरभित्रका खाद्यान्न नष्ट गरेका कारण मकैको रोटी खाएर उनीहरू जीविका चलाइरहेका छन् ।
‘हाम्रो घरमा भएको सबै खाद्यान्न पुरियो अहिले पर ठूली दिदीकोबाट मागेर मकैको पिठो ल्याएको हो,’ एक स्थानीय महिलाले लोकान्तरसँग भनिन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...