×

NMB BANK
NIC ASIA

लोकदोहोरीका दुई प्रकाश : जुन गीत ल्याउँछन्, त्यही हिट

काठमाडाैं | मंसिर १, २०८०

NTC
Premier Steels

नेपाली लोकदोहोरी क्षेत्रमा दुई प्रकाशका प्रायः गीतले स्रोता दर्शकको माया पाउँदै आएका छन् । 

Muktinath Bank

उनीहरूले जुन गीत ल्याउँछन् त्यही हिट हुन्छ भन्ने छाप स्रोता–दर्शकमा परिसकेको छ । गायक प्रकाश सपूत र प्रकाश दूतराजले आफ्ना सिर्जनामार्फत दर्शकमाझ उक्त छाप छाड्न सफल भएका हुन् । प्रायः अरूका गीत नगाउने र गीत ल्याउने हतार नगर्ने यी दुवै गायकका प्रायः सिर्जनाले स्रोता–दर्शकको निकै माया पाउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाश सपूत


Advertisment
Nabil box
Kumari

Vianet communication

बागलुङमा जन्मिएका प्रकाश सपूत ‘बोल माया’ बोलको गीतबाट मास स्रोता दर्शकमाझ चिनिएका थिए । त्यसयता उनले ल्याएका सिर्जनाहरू निकै चर्चित बनिरहेका छन् । उनका धेरै गीत स्रोता दर्शकको जिब्रोमा झुन्डिएका छन् । 

‘गलबन्दी’, ‘बदला बरिलै’, ‘कुरा बुझ्न पर्च होस’, ‘पीर’, ‘सकम्बरी’, ‘जाले रुमाल फाट्यो’ जस्ता उनका गीतहरूले निकै लोभलाग्दो माया पाएका छन् । उनी अरूका गीतमा मोडलिङ समेत गर्दै आएका छन् । यद्यपि, ति गीतहरू केही चलेपनि धेरैको चर्चा खास्सै हुने गरेको पाइँदैन ।

यद्यपि, प्रकाशले आफ्नै अफिसियल युट्युबबाट ल्याउने सिर्जनाहरूले भने चर्चासँगै लोभलाग्दो भ्युज पाइरहेका हुन्छन् । अहिले पनि उनका गीत आउनेवित्तिकै छु्टटै खालको चर्चा हुने गरेको छ । छोटो समयमा करोड भ्युज पाउने गीतको रेकर्ड समेत प्रकाशले राखेका छन् । उनको ‘सकम्बरी’ बोलको गीतले सात दिनमै युट्युबमा करोड भ्युज पाएको थियो । विगतका गीतबाट जितेको विश्वासकै कारण स्रोता दर्शकहरू उनका गीतको व्यग्र प्रतीक्षामा हुने गरेका छन् ।

प्रकाशले आफूले ल्याउने गीतको भिडियोलाई कथानक शैलीको बनाउँछन्, जसका कारण पनि उनका गीत थप विशेष बन्छन् । आफ्ना सिर्जनाका कारण सञ्चारमाध्यममा राम्रै छाउने प्रकाश बेलाबेलामा विवादमा समेत आउने गरेका छन् । गीत लेख्ने, संगीत भर्ने, अभिनयदेखि निर्देशन गर्नेसम्मको काम गर्ने बहुमुखी प्रतिभाका धनी प्रकाशलाई दर्शकले चलचित्रको पर्दामा समेत हेरिसकेका छन् । उनको अभिनय रहेको पहिलो चलचित्र ‘परदेशी २’ हिट भइसकेको छ । यतिबेला प्रकाश आफै पनि चलचित्र निर्माणको तयारीमा छन् । 

प्रकाश दूतराज 

पछिल्लो समय लोकदोहोरी क्षेत्रमा प्रकाश दूतराज पनि स्रोता दर्शकको प्रिय बनिरहेका छन् । उनले ल्याउने सिर्जनाहरूले पनि लोभलाग्दो माया पाउने गरेका छन् । 

म्याग्दीमा जन्मिएका प्रकाश दूतराज प्रायः ग्रामीण परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका छन् । 

यतिबेला उनको गीत निकै चलिरहेको छ –

देउरालीमा धजा रिमै....,
मन उतै नजा, भनेकै मान्दैन्...

प्रकाशको यो गीत यति रुचाइयो कि ३ सातामै यसले युट्युबमा करोड भ्युज पार गर्यो । सञ्चारमाध्यममा कमै छाउने अन्तर्मुखी स्वभावका प्रकाशका यसअघिका गीतहरू पनि निकै रुचाइएका छन् । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘चोली मैलै भो, ‘देउरालीमा’, ‘जुन माया’ जस्ता उनका गीत चर्चितमध्येमा पर्छन् ।

एकपछि अर्को गीतबाट विश्वास जितेकै कारण प्रकाश दूतराजका गीतलाई लिएर पनि स्रोता–दर्शकमा अपेक्षा धेरै हुने गरेको छ । उनका गीतहरू भने विस्तारै हिट हुने गरेका छन् । प्रकाश दूतराज पनि गीत लेख्ने, संगीत भर्नेदेखि भिडियोमा अभिनय समेत गर्दै आएका छन् ।

उनी पनि आफ्ना गीतमा आफैले अभिनय गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x