
नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुको आन्दोलन शुरू भएको छ ।
विभिन्न स्थानबाट तीनकुनेतर्फ र्याली अगाडि बढेको छ । प्रशासनले तीनकुने क्षेत्र प्रदर्शनका लागि छुट्ट्याइदिएको छ ।

आजै दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाऊ महाअभियानका नाममा प्रदर्शन आयोजना गरेका छन् ।
सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । दुर्गा प्रसाईंको समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको छ ।
हेर्नुहोस्, थप तस्वीरहरू :


