
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’ले आयोजना गरेको सभा शुरू हुन लागेको छ ।
बिहीबार दिउँसो १ बजेको समयमा बल्खुमा भीड जम्मा भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको आन्दोलनमा काठमाडौंका विभिन्न स्थानबाट आएका र्याली बल्खु पुग्ने क्रम शुरू भएको छ ।

दिउँसो १ बजेसम्म प्रसाईं बल्खु पुगेका छैनन् ।
दुर्गा प्रसाईं नपुग्दै प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीको स्थिति समेत उत्पन्न भएको छ । आजै युवा संघका कार्यकर्तासँग ढुंगामुढा हुँदा तनावको स्थिति आएको थियो ।










