२७ असार २०८३, शनिबार
दुर्गा प्रसाईंको आन्दोलन

बल्खुको भीड अराजक बनेपछि अश्रुग्यास र पानीको फोहोरा [फोटोफिचर]

मंसिर ७, २०८०
काठमाडौं
बल्खुको भीड अराजक बनेपछि अश्रुग्यास र पानीको फोहोरा [फोटोफिचर]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजकत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ अभियान’ले आयोजना गरेको कार्यक्रममा मुख्य वक्ताहरूको सम्बोधन सकिएपछि काठमाडौंको बल्खुमा झडप भएको छ । 

बिहीवारको कार्यक्रम सकिएपछि दिउँसो २ बजेको समयमा झडप भएको हो । कार्यक्रमलाई दुर्गा प्रसाईं, केही धर्म गुरुलगायतले सम्बोधन गरिसकेपछि उनका समर्थकहरू सिंहदरबार घेर्न जाने भन्दै कुलेश्वरतर्फ लागेका थिए । 

null

प्रदर्शनकारी कुलेश्वरतिर लाग्न थालेपछि उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा समेत प्रयोग गरेको छ ।​ त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

null

दिउँसो यही ठाउँमा युवा संघका कार्यकर्तासँग झडप समेत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्