२८ जेठ २०८३, बिहीबार
दुर्गा प्रसाईंको आन्दोलन

अराजक भीडलाई बल्खु छाडेर सुटुक्क हिँडे दुर्गा प्रसाईं, लगत्तै प्रहरीसँग झडप

मंसिर ७, २०८०
काठमाडौं
अराजक भीडलाई बल्खु छाडेर सुटुक्क हिँडे दुर्गा प्रसाईं, लगत्तै प्रहरीसँग झडप

व्यवस्था परिवर्तन गर्न भन्दै आएको अराजक भीडलाई बल्खुमा अलपत्र छाडेर आन्दोलनका संयोजक दुर्गा प्रसाईं हिँडेपछि झडप भएको छ ।

बिहीबार दिउँसो २ बजेको समयमा प्रसाईं बल्खु क्षेत्रबाट हिँडेका थिए । दिउँसो साढे १ बजेको समयमा बल्खु पुगेका प्रसाईंले संक्षिप्त सम्बोधन गरे ।

प्रसाईं हिँडेपछि चर्को नाराबाजी गरिरहेको समूह ‘सिंहदरबार घेर्न’ जाने भन्दै बल्खुबाट कुलेश्वरतर्फ लागेको थियो ।

कुलेश्वरतर्फ जान लागेको भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । 

null

त्यसपछि प्रदर्शनकारी केहीबेर पछि हटेका थिए । आन्दोलनकारी पुनः आक्रोशित बनेपछि प्रहरीले फेरि अश्रुग्साय र पानीको फोहरा चलायो । त्यसपछि आन्दोलनकारी तितरबितर भएका छन् । 

सयौंको संख्यामा उपस्थित भए पनि विरोध कार्यक्रम व्यवस्थित नहुँदा प्रदर्शनकारीहरू अन्योलमा परेका थिए । एउटा जुलुस बल्खु आउन नपाउँदै प्रसाईंले सम्बोधन गरिसकेका थिए ।

null

भीड जम्मा भए पनि त्यहाँ मञ्चको कुनै व्यवस्था गरिएको थिएन । कार्यक्रमको शुरूमै प्रसाईंले सम्बोधन गरे । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि भीडलाई संक्षिप्त सम्बोधन गरे । 

बल्खुमा उपस्थित सहभागीमध्ये कतिपयले प्रसाईंले सम्बोधन गरेको थाहै पाएनन् । सम्बोधनका क्रममा प्रसाईंले राजनीतिक दलका नेताको चर्को आलोचना गरेका थिए । 

उनी हिँडिसक्दा पनि अधिकांशले कार्यक्रम सकिएको पत्तै पाएनन् । प्रसाईंले भोलि पनि प्रदर्शन गर्ने बताएका छन् ।

हेर्नुहोस्, प्रसाईं हिँडेपछिको दृश्य :

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्