२१ असार २०८३, आइतबार

माग नबढ्दा खस्कियो अन्तर्राष्ट्रिय वस्तु व्यापार

मंसिर ८, २०८०
काठमाडौं
माग नबढ्दा खस्कियो अन्तर्राष्ट्रिय वस्तु व्यापार

अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको   अन्तर्राष्ट्रिय   व्यापारमा   पनि   देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि   आयात   बढ्नुपर्नेमा   त्यसको   विपरीत कात्तिकमा व्यापार खस्किएको छ ।

 गत वर्ष उत्साहप्रद रहेको निर्यात व्यापार पनि कात्तिकमा खुम्चिएको छ । भन्सार विभागका अनुसार कात्तिकमा नेपालले एक खर्ब चार अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जबकि असोजमा नेपालले करिब एक खर्ब ४८ अर्ब रुपियाँको आयात गरेको थियो । यस  हिसाबले  कात्तिकमा  ४४  अर्ब  रुपियाँले आयात घटेको देखिन्छ ।

 आयात घट्दा नेपालबाट पैसा बाहिरिन कम भए पनि त्यसले अर्थतन्त्रमा घट्दो मागलाई सङ्केत गर्छ । समग्र माग घट्दा अर्थतन्त्रमा देखिएको समस्यालाई  पनि  अन्तर्राष्ट्रिय  व्यापारको  पछिल्लो प्रवृत्तिले पुष्टि गर्छ । कात्तिकमा भएको कुल वस्तु आयात २०७९  कात्तिकको  तुलनामा  पनि  करिब  २०  अर्ब  रुपियाँले  कम  हो  ।  गत  वर्ष  कात्तिकमा नेपालले एक खर्ब ३२ अर्ब ६९ करोड रुपियाँको आयात गरेकोमा यस वर्ष कात्तिकमा २८ अर्ब रुपियाँले कम आयात भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्