×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भयो नेपाल लाइफ

काठमाडाैं | मंसिर ८, २०८०

NTC
Premier Steels

नेपालको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।  

Muktinath Bank

मुम्बईको होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आईसीसी इमार्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड समारोहमा नेपाल लाइफलाई आउस्ट्यान्डिङ पर्फमेन्स इन दी लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवार्डबाट सम्मानित गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरेको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन र प्रशिक्षणमा गरिएको लगानीजस्ता मापदण्डलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्सलाई यो सम्मान प्रदान गरिएको हो । 


Advertisment
Nabil box
Kumari

उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले ग्रहण गरेका छन् । 

Vianet communication

चौथो आईसीसी इमार्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड पीडब्लूसी भारतको सहकार्यमा गरिएको हो । 

संसारमै प्रतिष्ठित परामर्शदाता पीडब्लूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै उनीहरूलाई विभिन्न विधामा सम्मानित गर्दै हो । 

कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई आउस्ट्यान्डिङ पर्फमेन्स इन दी लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवाडबाट सम्मानित गरिएको हो । 

कम्पनीका सीईओ पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरेका छन् । 

‘यसरी नै सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताका बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा छ,’ उनले भने ।

सो अवसरमा सीईओ पराजुलीले नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ रहेको उल्लेख पनि गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x