०५ साउन २०८३, मंगलबार

नाम निस्केपनि नियुक्ति लिन गएनन् गएनन् ९ इन्जिनियर, सडक विभागले निकाल्यो सूचना

मंसिर १०, २०८०
काठमाडौं
नाम निस्केपनि नियुक्ति लिन गएनन् गएनन् ९ इन्जिनियर, सडक विभागले निकाल्यो सूचना

सडक विभागले सिफारिसअनुसार नियुक्ति लिन नआएका ९ जना उम्मेदवारको नाममा सूचना जारी गरेको छ । विभागले आइतबार जारी गरेको सूचनामा नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्रा), सवइन्जिनियर पदमा सिफारिस भएपनि स्थायी नियुक्ति लिन नआएका ९ जनाको नाममा सार्वजनिक सूचना जारी गरेको हो । तोकिएको समयमा पनि नियुक्ति लिन नआएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने सूचनामा उल्लेख छ । 

‘विभागको मिति २०८०। ७ ।२१ को निर्णयानुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका  व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ। उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने व्यहोरासमेत जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्