
नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
निगमका अनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका १२ पदमा दरखास्त आह्वान छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।
