२१ असार २०८३, आइतबार

भैरहवा र पोखराबाट उडान गरे ५ लाख !

मंसिर १८, २०८०
काठमाडौं
भैरहवा र पोखराबाट उडान गरे ५ लाख !

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने जहाजलाई प्रत्येक उडानको पाँच लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी गरिरहेको बताएका छन् । 

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले विमानस्थल सञ्चालन माग गर्दै बुझाएको ज्ञापनपत्र आइतबार बुझ्दै उनले उक्त कुरा बताएका हुन् ।

“भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले प्राथमिकतासाथ अघि बढाउँदै जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिरहेको छ उनले भने, “यो विमानस्थलबाट जसले नियमित उडान गर्छ, त्यसलाई प्रोत्साहन दिने तयारी गरिरहेका छौं।’ 

salt training

कमेन्ट गर्नुहोस्