०६ साउन २०८३, बुधबार

दीपक मनाङेको चलचित्रमा काम गर्दै ‘माग्ने बुढा’

मंसिर १९, २०८०
काठमाडौं
दीपक मनाङेको चलचित्रमा काम गर्दै ‘माग्ने बुढा’

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘कङ्गारु’ साइन गरेका छन् । 

कलाकार घिमिरे र यो चलचित्रको निर्माणपक्षबीच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । 

निर्देशक सम्राटले केही समय अघि ‘कङ्गारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण भएको थियो । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । 

कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो चलचित्रमा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए । 

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । 

चलचित्रको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अस्ट्रेलिया) कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा आस्याप इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) रहेको छ । 

चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ ।

केदार घिमिरे सम्झौता भएसँगै चलचित्रको बिषयमा निर्देशक बस्नेतले भने, –‘केही फरक कथा भन्न मन लागेको छ । कङ्गारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ । दर्शकले, यसपटक फरक स्वादमा चलचित्र हेर्न पाउनुहुनेछ ।’

केदारले यसअघि  ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको रामकहानी चलचित्रमा अभिनय गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्