२८ असार २०८३, आइतबार

रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता​

मंसिर २०, २०८०
काठमाडौं
रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता​

रमेश कर्प र ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।​​

मंसिर १९ गते भएको सम्झौता अनुसार रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभलसँग रणनीतिक साझेदारीको शुरूवात भएको छ ।

साथै, यस समझदारीको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरूको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ धेरै उन्नत बनाउने रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रणनीतिक साझेदारी विशेष गरी निर्वाध र समृद्ध यात्रा तथा सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।​

झण्झटमुक्त टिकटिंग सुविधा, निपूर्ण भिसा सहायता, विचारपूर्वक बनाइएको  टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिङदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा र व्यक्तिगत बैठक र अभिवादन सेवाहरूसम्म रहेका कम्पनीले जनाएको छ ।​

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बोन्जोय ट्राभलसँग सहकार्यप्रति खुशी व्यक्त गरे ।​

साझेदारीले कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने उनले विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्