०५ साउन २०८३, मंगलबार

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता थापालाई पुरस्कार प्रदान

मंसिर २०, २०८०
काठमाडौं
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता थापालाई पुरस्कार प्रदान

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता बैतडीका प्रतापसिंह थापा पुरस्कार रकम प्रदान गरिएको छ ।

स्थानीय डिलर दाइ ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजवबहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष विष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थितिमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।​​​​

डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो ।

यस योजनामार्फत रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई धन्यवाद दिँदै कम्पनीले हरेक हप्ता नगद रु एक लाख जित्न सफल भएका सम्पूर्ण विजेता बधाई दिएको छ ।

निकट भविष्यमा पनि यस्तै खालका विभिन्न योजना ल्याउने प्रतिबद्धता जनाउँदै कम्पनीले त्यस्ता कार्यक्रमबाट लाभ उठाउने आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्