२८ जेठ २०८३, बिहीबार
कोरिया भाषा परीक्षा

ईपीएसको सीप बिल्डिङका परीक्षार्थी आन्दोलित​​​, माग पूरा नभए सशक्त आन्दोलन थाल्ने चेतावनी

मंसिर २१, २०८०
काठमाडौं
ईपीएसको सीप बिल्डिङका परीक्षार्थी आन्दोलित​​​, माग पूरा नभए सशक्त आन्दोलन थाल्ने चेतावनी

ईपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै ईपीएस कार्यालय ग्वार्को हाताभित्र प्रदर्शन गरेका छन् ।

यसअघि सीप बिल्डिङमा आवेदन दिएका तथा परीक्षा दिएकाहरूले म्यानुफ्याक्चरमा आवेदन दिन नपाउने नयाँ नियम आएसँगै उनीहरू आन्दोलित भएका हुन् । ३२ हजार परीक्षार्थीहरू भविष्यमाथि खेलवाड भएको भन्दै ईपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन् ।

जसमा ‘बुँदा नम्बर छ खारेज गर, २४ को कोटा २४ मै खोल, ३२ हजार विद्यार्थीमाथि खेलवाड गर्न पाइन्न’ लगायत मागहरू छन् । प्ले कार्ड बोकी परीक्षार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसको सीप बिल्डिङमा ३२ हजारले आवेदन दिएका थिए ।

null

सिफलबाट आएका रामलाल श्रेष्ठले पहिले अरू क्षेत्रमा पनि काम गर्न पाइने भनियो तर अहिले अन्य क्षेत्रमा फारम भर्न पाइँदैन भनेपछि आन्दोलित हुनुपरेको बताए । 

‘हामीले पहिला सीप बिल्डिङ क्षेत्रमा फारम भर्यौ । त्यतिबेला हामीलाई अरु क्षेत्रमा पनि फारम भर्न पाउनुहुन्छ भनियो । तर अहिले अन्यमा नपाइने भनेर सूचना जारी गरियो’ उनले लोकान्तरसँग भने, ‘यो त हामीमाथि अन्याय भयो हामीले म्यानुफ्याक्चर क्षेत्रमा पनि फारम भर्न पाउनुपर्छ ।’ 

null

२०२४ को कोटा १२ दिन बाँकी हुँदा खुलाएकोमा पनि उनले आक्रोश व्यक्त गरे । ‘२०२४ को कोटा आज १२ दिन अघि २०२३ मा किन खुलाएको २४ को कोटा २४ मै खुलाउनुपर्यो नि’ आक्रोशित हुँदै उनले भने, ‘यो त सरासर हामीमाथि धोखा धडी भएन र ?’

३ दिनदेखि जारी शान्तिपूर्ण प्रदर्शनलाई मंसिर २५ गतेसम्म जारी राख्ने उनीहरूले बताएका छन् । माग पूरा नभए २५ गतेदेखि थप सशक्त आन्दोलन थाल्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।​

 

पीडितहरूले ‘२०२४ को म्यानुफ्याक्चरमा समेत आवेदन भर्न पाऊँ’ भनि ईपीएस कार्यालय ग्वार्को, श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागमा दुई सय जना पीडितहरूले हस्ताक्षरसहित ज्ञापन पत्र बुझाएका छन् ।

null

null

salt training

कमेन्ट गर्नुहोस्