नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ ।
आगामी पुस २१ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । समयसिमाभित्र आवेदन दिन नसकेमा वा नभ्याएमा दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।
यस्तो छ सूचना
