०२ साउन २०८३, शनिबार

अमेरिकामा नायिका रेखा थापा, सन्तानलाई जन्म दिएर मात्रै फर्कने योजना

मंसिर २४, २०८०
काठमाडौं
अमेरिकामा नायिका रेखा थापा, सन्तानलाई जन्म दिएर मात्रै फर्कने योजना

नायिका रेखा थापा यतिबेला गर्भवती छिन् । जाजरकोटका बलराम शाहीसँग लगनगाँठो कसेकी रेखा हाल सन्तानलाई जन्मदिने योजनाका साथ अमेरिका उडेकी छन् । 

शाहीका परिवार अमेरिकामा नै बसोबास गर्दै आएकाले रेखा पनि डेलिभरीको मिति नजिकिएसँगै अमेरिका उडेको उनी निकटस्थहरुको भनाइ छ । रेखा अब सन्तानलाई जन्म दिएर मात्रै स्वदेश फर्किने बताइएको छ । 

रेखाले श्रीमानको जन्मदिन शुक्रबार अमेरिकामा नै मनाएकी थिइन् । यस्तै उनले सामाजिक सञ्जालमार्फत अमेरिकामा हिउँमा रमाइरहेको तस्बिर पनि हालेकी छन् । रमाइलो पलहरुमा रेखा श्रीमानसँगै देखिएकी छन् । 

समाचारहरुका अनुसार रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका दिएको बताइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्