०२ साउन २०८३, शनिबार

भारतीय फिल्म ‘सलार’मा मेनुकालाई गीत गाउने मौका

मंसिर २५, २०८०
काठमाडौं
भारतीय फिल्म ‘सलार’मा मेनुकालाई गीत गाउने मौका

भारतीय चर्चित गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।

‘इण्डियन आइडल’मा दिएको उम्दा प्रस्तुतिका कारण उनलाई यो अवसर मिलेको हो । आइतबार राती प्रसारित एपिसोडमा मेनुका स्वयमले यो कुराको जानकारी दिँदै खुशी साटेकी हुन् । 

उनले फिल्ममा गीत गाउने अवसर पाएको जानकारी गराएपछि जजले उठेर सम्मान समेत व्यक्त गरेका थिए ।

उक्त एपिसोडमा मेनुकाले सलारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

‘सलार’का संगीतकार रवि बसरुरको संगीतमा फिल्मको एक गीतमा उनले स्वर दिएकी हुन् । 

उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।

‘सलार’ डिसेम्बर २२ (पुस ६)बाट प्रदर्शनमा आउने फिल्म हो । 

मेनुका ‘इन्डियन आइडल’को उत्कृष्ट १४ मा पुगिसकेकी छन् । उत्कृष्ट प्रस्तुति दिइरहेकी उनको गायकीको सबैतिर प्रशंसा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्