३२ असार २०८३, बिहीबार

पल शाह चलचित्र ‘मायाका रंगहरु’मा अनुबन्धित

मंसिर २६, २०८०
काठमाडौं
पल शाह चलचित्र ‘मायाका रंगहरु’मा अनुबन्धित

अभिनेता पल शाह चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ)मा अनुबन्धित भएका छन् । यो चलचित्र केवल तामाङको निर्माण तथा डेब्यु निर्देशनमा बन्न लागेको हो । 

‘मायावी’ चलचित्रको छायांकन सकेका पलले ‘पूजार सार्की’को छायांकनपछि ‘मायाका रंगहरु’मा काम गर्नेछन् । भारतको सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ । 

प्रमिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको ९० प्रतिशत छायांकन सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 

चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । चलचित्रमा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ । 

नेपाली र हिन्दी भाषामा निर्माण गरिने चलचित्रमा पल शाहबाहेक अन्य कलाकारहरू छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रले नेपाल र भारतको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास निर्देशक तामाङको छ ।

salt training

कमेन्ट गर्नुहोस्