२९ असार २०८३, सोमबार

मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत

मंसिर २७, २०८०
काठमाडौं
मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत

 मुक्तिनाथ कृषि कम्पनी विहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन लागेको छ । कम्पनी मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा सक्रिय रहँदै आएको छ । 

कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ । 

स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरिसकेको छ । 

कृषि उत्पादन बृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्