०६ साउन २०८३, बुधबार

‘रिमै’का गायक प्रकाशलाई ‘उत्कृष्ट युवा पुरस्कार’

मंसिर ३०, २०८०
काठमाडौं
‘रिमै’का गायक प्रकाशलाई ‘उत्कृष्ट युवा पुरस्कार’

पछिल्लो पुस्ताका चर्चित गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार २०२३’ प्रदान गरिएको छ । 

नेपाल जेसीसले आफ्नो ५० औं राष्ट्रिय महाधिवेशनको अवसर पारेर गायक दूतराजलाई नगद तथा स्वर्णपदकसहित युवा पुरस्कार प्रदान गरेको हो । बुटवलमा शुक्रवारबाट जेसीसको राष्ट्रिय महाधिवेशन सुरु भएको छ । सोही अवसर पारेर साहित्य, संगीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै म्याग्देली ठिटो गायक दूतराजलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार ग्रहण गरेसँगै यसले आफूमा अझ जिम्मेवारी बढेको महसुस भएको भन्दै उनले स्रोता–दर्शकहरुको मायालाई सधै सम्हालेर राख्ने बताएका छन् । 

दूतराजको पछिल्लो गीत ‘रिमै’ले छोटो समयमै युटुयुबमा दुई करोड बढी भ्युज पाइसकेको छ । उनका यसअघिका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘जाम भो माईली’ लगायतका गीतहरू पनि निकै रुचाइएका छन् ।

पछिल्लो समय दूतराजलाई मेला महोत्सवमा भ्याइनभ्याइ छ । धेरै गीत हिट दिएका उनी महोत्सवमा स्रोता दर्शकको रोजाइको गायकमा पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्