
निर्माणको तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली र परीक्षा लिम्बू अनुबन्धित भएका छन् ।
निर्माण पक्षले सोमवार यी अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गरेको हो ।
दिनेश राउतको निर्देशन रहने फिल्ममा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह यसअघि अनुबन्धित भइसकेका छन् ।
फिल्ममा आर्यनको जोडीका रुपमा अञ्जना र प्रदीपको जोडीका रुपमा परीक्षा देखिने निर्देशक राउतले जानकारी दिएका छन् ।
अञ्जनाले ‘महापुरुष’बाट अभिनयमा डेब्यु गरेकी हुन् । परीक्षाले ‘छक्कापञ्जा ४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्ममा अभिनय गरेकी छन् ।
विकास सुवेदीको लेखन रहेको ‘पूजार सार्की’को निर्मातामा सुवास भुसाल छन् ।
आगामी माघबाट फिल्मको छायाँकन सुरु गरिने जनाइएको छ ।